Personalized
Horoscope
  • Talk To Astrologers
  • Brihat Horoscope
  • Personalized Horoscope 2024
  • Live Astrologers
  • Top Followed Astrologers

उत्तरभाद्रपद नक्षत्रको फल

The symbol of Uttara Bhadrapada Nakshatra

तपाईंको व्यक्तित्व चुम्बकीय र आकर्षक छ। यसका साथै तपाईंको अनुहारमा सधैं मुस्कान रहन्छ। तपाईंले एक पटक मुस्कानका साथ कसैलाई हेर्नुभयो भने, कोई पनि तपाईंमा समर्पित हुनेछ। तपाईं ज्ञानी, बुद्धिमानी र समझदार हुनुहुन्छ। तपाईंको व्यवहार कसैको लागि पक्षपातपूर्ण छैन; तपाईंले सबैलाई उत्तिकै व्यवहार गर्नु हुन्छ। तपाईं कसैलाई कुनै प्रकारको पीडा दिन रूचि राख्नु हुँदैन र कसैलाई समस्यामा परेको पनि देख्न सक्नुहुँदैन। तपाईंको रिस सधैं नियन्त्रण हुनुपर्छ; तर जब तपाईं रिसाउनुहुन्छ भने त्यो धेरै कम समयको लागि मात्र रहनेछ। तपाईंको हृदय कोमल र सफा छ। तपाईंले माया गर्नेहरूको लागि तपाईंले आफ्नो जीवन पनि बलिदान दिन सक्नुहुन्छ। तपाईंको आवाज मीठो छ र तपाईं भाषण कलामा महान हुनुहुन्छ। तपाईंले आफ्ना शत्रुहरूलाई जित्नु हुनेछ। तपाईंको एउटा गुण यो हो कि तपाईंले विभिन्न कुरामा विशेषज्ञता प्राप्त गर्न सक्नुहुन्छ। तपाईंले धेरै शिक्षा प्राप्त नगरे तापनि तपाईंको ज्ञान योग्यता प्राप्त गरेको मान्छेको बराबर हुन्छ। तपाईंलाई ललित कलामा चासो छ र विभिन्न पुस्तकहरू र लेखहरू लेख्न सक्षम हुनुहुन्छ। तपाईंको असाधारण क्षमता र दक्षताको कारण तपाईंले लगभग सबै क्षेत्रहरूमा पहिचान प्राप्त गर्न सक्नु हुनेछ। आलस्यले तपाईंको जीवनमा कुनै महत्व पाउँदैन। तपाईंले केहि निर्णय गरेमा त्यसलाई अवश्य नै गर्नुहुन्छ। तपाईँ कुनै पनि विफलताको कारण दुखी हुनु हुँदैन। वर्तमान र जीवनको सत्यतामा विश्वास भएकाले गर्दा तपाईं हावामा महल निर्माण गर्न चाहनु हुँदैन। चरित्रको आधारमा तपाईं सबल व्यक्ति हुनुहुन्छ र कामुकताको विषयतिर आकर्षित हुनु हुँदैन। तपाईं आफ्नो बोलीमा दृढ हुनुहुन्छ र जे बोलेको पूरा गर्नु हुन्छ। तपाईंमा कृपाको भावना भरिएको छ र कुनै कमजोर व्यक्ति तपाईंसंग आयो भने त्यसलाई तपाईंले मद्दत गर्ने प्रयास गर्नु हुनेछ। तपाईंको धर्ममा गहिरो आस्था छ र धार्मिक कार्यहरूसंग संलग्न रहनु हुन्छ। काम होस् वा व्यापार, तपाईं दुवैमा सफल हुनु हुनेछ। तपाईंको सफलताको कारण तपाईंको मेहनती स्वभाव हो। तपाईंको कडा परिश्रमले तपाईंले सफलताको शिखर छुनु हुनेछ। तपाईंको विज्ञान, दर्शन र रहस्यमय विषयहरूमा गहिरो चासो छ। समाजमा तपाईं एकजना विद्वानको रूपमा परिचित हुनुहुन्छ। सामाजिक संगठनसंग सम्बन्धित भए तापनि तपाईँ एक्लै रहन चाहनुहुन्छ। तपाईंको मनसाय त्यागी छ र तपाईं चन्दा दिनमा विश्वास गर्नुहुन्छ। आफ्नो व्यक्तित्वले गर्दा तपाईंले समाजमा धेरै आदर र सम्मान प्राप्त गर्नु हुनेछ। तपाईंको वयस्क जीवन आनन्द र परम आनन्द पूर्ण हुनेछ।

शिक्षा र आय

तपाईंको शिक्षा राम्रो हुनेछ र तपाईंमा धेरै विषयको ज्ञान हुनेछ। तपाईंको लागि अनुकूल पेशाहरू हुन् - ध्यान र योग विशेषज्ञ; निदान र चिकित्सा विशेषज्ञ; सल्लाहकार; आध्यात्मिक गुरु; सन्त; योगी; आध्यात्मिक व्यक्ति; दान संगठनका लागि सम्बन्धित काम; शोधकर्ता; दार्शनिक; कवि; लेखक; संगीतकार; कलाकार; पसले; सरकार कर्मचारी; इतिहासकार; पाले; आदि।

पारिवारिक जीवन

तपाईं आफ्नो जन्मस्थानबाट टाढा बस्नु हुनेछ। तपाईंले आफ्नो बाबुबाट बढी लाभ उठाउन नसकेको साथै बाल्यकालमा हेरचाह नभएको महसुस गर्न सक्नु हुनेछ। तपाईंको वैवाहिक जीवन आनन्दपूर्ण हुनेछ। जीवन साथी धेरै सक्षम हुनेछ र छोराछोरीहरू नै तपाईंका वास्तविक धन-सम्पत्ति हुनेछन्। वास्तविक भाग्य विवाह पछि प्राप्त हुनेछ। बच्चाहरु आज्ञाकारी, ज्ञानी र आफूभन्दा ठूलाहरूलाई आदर गर्ने हुनेछन्।

Astrological services for accurate answers and better feature

33% off

Dhruv Astro Software - 1 Year

'Dhruv Astro Software' brings you the most advanced astrology software features, delivered from Cloud.

Brihat Horoscope
What will you get in 250+ pages Colored Brihat Horoscope.
Finance
Are money matters a reason for the dark-circles under your eyes?
Ask A Question
Is there any question or problem lingering.
Career / Job
Worried about your career? don't know what is.
AstroSage Year Book
AstroSage Yearbook is a channel to fulfill your dreams and destiny.
Career Counselling
The CogniAstro Career Counselling Report is the most comprehensive report available on this topic.

Astrological remedies to get rid of your problems

Red Coral / Moonga
(3 Carat)

Ward off evil spirits and strengthen Mars.

Gemstones
Buy Genuine Gemstones at Best Prices.
Yantras
Energised Yantras for You.
Rudraksha
Original Rudraksha to Bless Your Way.
Feng Shui
Bring Good Luck to your Place with Feng Shui.
Mala
Praise the Lord with Divine Energies of Mala.
Jadi (Tree Roots)
Keep Your Place Holy with Jadi.

Buy Brihat Horoscope

250+ pages @ Rs. 599/-

Brihat Horoscope

AstroSage on MobileAll Mobile Apps

AstroSage TVSubscribe

Buy Gemstones

Best quality gemstones with assurance of AstroSage.com

Buy Yantras

Take advantage of Yantra with assurance of AstroSage.com

Buy Feng Shui

Bring Good Luck to your Place with Feng Shui.from AstroSage.com

Buy Rudraksh

Best quality Rudraksh with assurance of AstroSage.com

Reports

Live Astrologers